back
NMB ad

खाद्यान्नमा लगातार मूल्य वृद्धि

Kumari bank ad

काठमाडौं । पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ ।

दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूचीअनुसार दाल, गेडागुडी र खाने तेलको मूल्य लगातार रूपमा बढ्दै गएको पाइएको छ । कात्तिक दोस्रो सातासम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले ३३ प्रतिशतले वृद्धि भई १ सय ६० रुपैयाँ पर्न थालेको छ ।

खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ पर्ने मसुरोको दाल यति बेला १४ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ । ठूलो मसुरो दालको मूल्य पनि प्रतिकिलो १ सय १५ बाट १ सय २५ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने मासको दाल अहिले बजारमा १ सय ७० रुपैयाँसम्म पर्न थालेको छ ।

भटमासको तेलको मूल्य २० प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ५० बाट १ सय ८० पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य २० रुपैयाँले वृद्धि भई प्रतिलिटर २ सय ४० सम्म पर्न थालेको छ ।

अमृत तेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई १ सय ८० बाट २ सय १० पुगेको छ । सनफ्लावर तेलको मूल्य प्रतिलिटर १ सय ७५ बाट १ सय ९५ सम्म पर्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०८:३८ मा प्रकाशित

You can share this post!

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:२६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...