back
NMB ad

टिमुरले बजार नपाउँदा व्यावसायिक खेती गरिरहेका कृषक निराश

Kumari bank ad

सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् ।

टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर विक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ ।

टिमुर खरीदका लागि व्यापारी अहिलेसम्म घरघरमै आउने गरेको भए पनि अहिलेसम्म व्यापारी नआएको किसानको भनाइ छ । आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले बताए ।

“पोहर साल यतिबेला हामीले ७०० रुपियाँ प्रतिकिलोसम्ममा टिमुर विक्री गरेका थियौं, अहिले टिपेर घरमै राखेका छौ विक्री भएको छैन”, उनले भने । उनले गएको वर्षमा आफूले  ३ लाख रुपियाँभन्दा बढीको टिमुर विक्री गरेको जानकारी दिए ।

गत वर्षमा टिमुरले राम्रो मूल्य पाएको भए पनि यो वर्षमा ३००रुपिया प्रतिकिलो विक्री हुन गाह्रो भएको टिमुर उत्पादक किसान लोकबहादुर डाँगीले बताए । “मैले गहुँ, मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्, टिमुर विक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ”, डाँगीले भने ।

विगतका वर्षमा सल्यान जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष विक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डाँगीले बताए ।

जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर विक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मुख्य पाउन सकेको छैन । टिमुर खरीदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानको गुनासो छ ।

अहिले जिल्लाका किसानले उत्पादन गरेको टिमुर विक्री भएको छैन । टिमुरखेती गरेर नै जीवन निर्वाह गर्दै आएका किसान टिमुर विक्री नहुँदा ठूलो मारमा परेका छन् ।

जिल्लामा उत्पादित टिमुरलाई अग्र्यानिक टिमुरका रुपमा लिइन्छ । परम्परागतरूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए ।

टिमुरबाट निस्केको तेललाई सुगन्धित तेलका रुपमा, साबुन, मसला, ज्वारो आएका बेला, हैजा, पेट तथा जङ्गली जुका खसाल्न तथा जैविक विषादी बनाउनका लागि प्रयोग हुने गरेको राष्ट्रिय वनस्पति अनुसन्धान केन्द्रले कपुरकोटले बताएको छ । गत आर्थिक वर्षमात्रै सल्यानबाट करिब ३९ करोड रुपियाँ बराबरको टिमुर निर्यात भएको थियो ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १६:५९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...