back
NMB ad

आदर्श सञ्चार सहकारीको १४ औँ एकाईगत साधारण सभा सम्पन्न

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा अन्तरगत बागलुङ नगरपालिका वडानम्बर १ र २ सम्मको एकाई सभामा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सहकारीले आर्थिक सम्बन्धसँगै भौगोलिक र आत्मीयतालाई बढाउने बताउनुभयो ।

अध्यक्ष पाइजाले हरेक नागरिकको जीवनस्तर परिवर्तन गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सबै क्षेत्रमा फिँजारिएर सेवा प्रवाह गर्न सुझाउनु भयो ।

सादर्श संचार सहकारीले सुमगदेखि दुर्गमसम्मका नागरिकलाई सूसुचित गराएको भन्दै वित्तीय क्षेत्रमा पनि प्रशंसनीय काम गरेको बताउनुभयो । पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको उहाँको भनाई छ ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले सहकारी निष्पक्ष र सेवामुलक क्षेत्र भएको बताउनुभयो । उहाँले सहकारीमा सबै सदस्यको उत्तिकै जिम्मेवारी र अधिकार हुने भएकाले सदस्यहरु सक्रिय भएर काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गरेर हुने खाने देखि हुँदा खानेसम्मका नागरिकलाई समेटियो भने संस्था र समाजको समृद्धि हुनेमा शंका नभएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव ललिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक थानेन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुतगर्नु भएको थियो । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

संस्थाका सम्पादक रामबहादुर जिसीले रणनीतिक योजना, शेयर सदस्यको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै उहाँले सहकारी भनेको सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण माध्यम भएकाले सबै सदस्यहरु सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य दयाराम पौडेल, शशिधर भट्टराई, सूर्यप्रसाद चापागाई, हिरामणी उपाध्याय, कृष्णबहादुर कार्की, रेणु केसी, सुदिप कँडेल, गंगा केसी र उषा पौडेललाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यस्तै दीर्घकालिनतर्फ उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य बिन्दु ढकाल सापकोटा, बालबचततर्फ रेणु केसीकी छोरी आरभी भण्डारी, बालदीर्घकालीनतर्फ परिधीथापा, नविनाथापा र ओयरसन छन्त्याललाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।
उत्कृष्टकर्जा तर्फ ओमबहादुर क्षेत्री सन्तोषलाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

संस्थाले यस वर्षदेखि अपाङ्गता भएका शेयर सदस्यहरुलाई दिन थालेको एक हजार रुपैया अपाङ्गताभत्ता शेयर सदस्य श्यामसुन्दर श्रेष्ठ र सपना केसीलाई प्रदान गरिएको छ । संस्थाका प्रबन्धक दिपकराज सापकोटा र शेयर सदस्यबिन्दु ढकालको ७ औं बैवाहिक वर्षगाठको अवसरमा संस्थाले स्थापना गरेको दैविकप्रकोप तथा राहत कोषममा १ हजार ५ सय ५५ रुपैया जम्मा गर्नुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, सल्लाहकार डिलबहादुर कार्कीको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । शुक्रवार वडा नं. १ र २ को एकाई सभा गरी ७ वटै एकाईसभा सम्पन्न भएको छ ।

७ वटै एकाई सभाबाट चयन भएका प्रतिनिधिहरुको सभा तथा संस्थाको १५ औं स्थापना दिवस भोली मंसिर २७ गते गरिने संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १७:५२ मा प्रकाशित

You can share this post!

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...