back
NMB ad

११ करोड लागतमा जिपलाइन निर्माण हुँदै

Kumari bank ad

पर्वत । पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ ।

कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिपलाइन बनाउन थालिएको हो ।

साहसिक पर्यटनको लागि जिल्लाका युवाहरुले झण्डै ११ करोड लगानी गरेर जिपलाइन निर्माणको थालनी गरेको जनाएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गरे ।

कुश्मा नगरपालिकाका प्रमुख जोशीले पर्वत साहसिक पर्यटनको हब बन्न थालेको बताए । साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जिल्लाको समृद्धि सम्भव रहेको धारणा उनले राखे ।

जिपलाइन निर्माणमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका हुन् ।

चार महिनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाइन कम्पनीले बताएको छ । कम्पनीका इन्जिनियर नविन म्यासीले यो जिप लाईन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताएका छन् ।

म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रालिको भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीले बताएको छ ।

इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना रहेको छ ।

वि.सं.२०७७ मंसिर २७ शनिवार ११:४२ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...