back
NMB ad

रोजगारी बढाउन चौबीस करोडको परियोजना

Kumari bank ad

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् ।

जीवनयापन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना घोषणा गर्दै रोजगारी गुमाएका पर्यटन मजदुरका लागि अल्पकालीन रोजगारी उपलब्ध गराउन दुवै संस्थाले सम्झौता पनि गरेका छन् ।

२४ करोड रुपियाँभन्दा केही बढी लगानीसहितको उक्त परियोजनाले खासगरी प्रभावित समुदाय, महिला र पर्यटनमै पूर्ण आश्रित समूहलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

सम्झौतामा बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी र यूएनडीपीका आवासीय प्रतिनिधि आयसेनी मेडाङ्गोडा लाबेले हस्ताक्षर गरेका छन् । यो परियोजनाले कम्तीमा एक हजार छ सयलाई रोजगारी दिने लक्ष्य राखेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:२२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...