back
NMB ad

अझै हुन सकेन चिनियाँ जहाजको व्यवस्थापन

Kumari bank ad

काठमाडौं । गत साउन १५ देखि उडान बन्द गरिएका ६ ओटा चिनियाँ जहाज व्यवस्थापनको टुङ्गो अझै लाग्न सकेको छैन । अर्थ मन्त्रालयले विमान व्यवस्थापनको जिम्मा नेपाल वायुसेवा निगमकै भएको बताएपछि निगम व्यवस्थापनको विकल्पमा जुटेको छ ।

चिनियाँ जहाज सञ्चालन गर्दा नेपाल वायुसेवा निगमले आर्थिक वर्ष (आव) २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब ५ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरपछि निगम सञ्चालक समितिले साउनदेखि जहाज बन्द गर्ने निर्णय गरेको थियो । निर्णय भएको ४ महीना बितिसक्दा पनि कसरी व्यवस्थापन गर्ने भन्नेमा कुनै टुङ्गो लाग्न सकेको छैन ।

निगम सञ्चालक समितिको गत साउनमा बसेको बैठकले चिनियाँ जहाजबाट उडान गर्न नसकिने निर्णय गर्दै जहाज व्यवस्थापनका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । यस विषयमा पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेको थियो । तर, अर्थबाट पर्यटन हुँदै जहाज व्यवस्थापनको जिम्मा निगमकै काँधमा आएको छ ।

पर्यटन मन्त्रालयले चिनियाँ जहाज व्यवस्थापनको जिम्मेवारी नेपाल वायुसेवा निगमलाई नै दिएसँगै निगमले अहिले जहाज व्यवस्थापनका लागि विभिन्न विकल्प अघि सारेको निगमका महाप्रबन्धक डीमप्रसाद पौडेलले जानकारी दिए । पौडेल सञ्चालक समितिमा आएदेखि नै यी जहाज व्यवस्थापनको विकल्प अघि सारेका थिए ।

अहिले निगमले वाई–१२ ई र एमए–६० जहाजको फेयर मार्केट भ्यालुका आधारमा एभीआईसी इन्टरनेशनल होल्डिङ कर्पोरेशनलाई नै फिर्ता गर्ने, विक्री गर्न टेन्डर प्रक्रियामा जाने, अन्य कम्पनीहरूलाई दिन सकिने वा नयाँ जहाज खरीद गर्दा डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सकिने गरी चार विकल्प अघि सारेको छ ।

यी विकल्पमध्ये कुनै पनि विकल्पअनुसार जहाज व्यवस्थापन गर्न सकिने गरी मन्त्रालयसँग समन्वय तथा तयारी अघि बढाइएको निगमले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:२५ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...