back
NMB ad

अझै फर्केनन् ठमेलका व्यवसायी

Kumari bank ad

काठमाडौं । आफूले वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका सटर बन्दाबन्दीका कारण छोडेर गएका ठमेल क्षेत्रका व्यापारीहरू अझैसम्म फर्किन सकेका छैनन् ।

बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेललगायत त्यस वरपरका व्यापारीहरूले सटर खाली गरेका थिए । ठमेल, पकनाजोल, छत्रपाटी, कालधारा, नरदेवीलगायत स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलालगायत व्यवसायमा आबद्ध करीब ७ सयभन्दा धेरै व्यापारीले आफुले गर्दै आएको पेशा व्यवसाय छाडेर सटर खाली गरिदिएका थिए ।

महामारीको प्रभावका कारण लामो समयसम्म पर्यटन व्यवसायको अवस्था सुधार हुने अवस्था नदेखिएकाले व्यवसायीहरू नफर्किएका ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले बताए ।

उनका अनुसार अन्य पेशा व्यवसायमा संलग्न व्यवसायीहरू सानो संख्यामा फर्किए पनि पर्यटन पेशामा आबद्ध व्यवसायीहरू भने फर्किने अवस्था देखिएको छैन । ‘अझै पनि व्यापार व्यवसायको अवस्था राम्रो नभएकाले महँगो भाडा तिर्न व्यापारीहरू तुरुन्तै फर्किहाल्ने अवस्था छैन । यस क्षेत्रका व्यापारीहरू ‘पर्ख र हेर’को स्थितिमा छन्,’ उनले भने ।

यस क्षेत्रमा साना तथा ठूला गरी करीब १० हजारभन्दा बढी व्यवसायी रहेका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:१६ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...