back
NMB ad

टेलिकमका पोष्टपेडका प्रयोगकर्ताले मासिक रेन्टल शुल्क प्रयोग गर्न पाउने, के हो रेन्टल शुल्क ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले मासिक रेन्टल चार्जबापतको रकम समेत प्रयोग गर्न पाउने भएका छन् ।

यससम्बन्धी टेलिकमले प्रेस विज्ञप्तिमार्फत खुलस्त जानकारी दिएको छ। नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्ताहरुलाई प्रष्ट जानकारी उपलब्ध हुन आवश्यक देखिएको भन्दै रेन्टल चार्जबारे जानकारी दिएको हो।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जीएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।

के हो रेन्टल शुल्क ?

पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु. ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ। यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टलवापत रु. ३८३.०७ तिर्नुपर्छ। यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो, जुन अहिले पनि कायम छ। यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ।

पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ। ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ। सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको छ।

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ। यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ। मानौं, कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ। कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएतापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको छ।

उदाहरणका लागि, कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु. २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु. २०० र रेन्टल चार्ज वापतको रु. ३८३.०७ गरी रु. ५८३.०७ तिर्नुपर्छ। मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ।

पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ। पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन। सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ। पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै स्टार१४१५स्टार२ह्याक्स डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ।

यसैगरी पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि स्टार ४०० ह्याक्स डायल गर्न सकिने टेलिकमले जनाएको छ। सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ। अभाइलेबल क्रेडिटचाहिँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो।

साथै सोही बिल कम्पनीको वेबसाइटमार्फतबाट र कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि हेर्न सकिने टेलिकमले जनाएको छ। कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड युसेज हिस्ट्रीमार्फत हेर्न सकिन्छ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...