back
NMB ad

अब नेपालमा पनि कोरोना विरुद्धको युभि स्ट्रेलाइजर : बैंक लगायत यी क्षेत्रहरुलाई विशेष उपयोगी

Kumari bank ad

काठमाडौं । कम्प्युटर, पैसा, टेबल, सोफा लगायतमा सामग्रीमा हुन सक्ने कारोना भाइरसलाई नष्ट गर्ने उद्देश्य सहित भारतमा तयार गरिएको युभि स्ट्रेलाइजर (रे स्यानीटाइजर) अब नेपालमा पनि पाइने भएको छ ।

हेल्थ केयर सप्लार्यसले नेपालमा पहिलो पटक युभि स्ट्रेलाइजर भित्राएको हो । उक्त बस्तु नेपाल भित्रिएसँगै अहिले डिलाइट शोलुशन प्राइभेट लिमिटेड, विश्वकर्मा सप्लार्यस लगायतका  कम्पनीहरुले बजारमा यसको बिक्रीमा जोड दिइरहेको छन् ।

बिशेषगरि कार्यालय प्रयोजनका लागि यो बस्तु बनाइएको हो । यसलाई भारत सरकारले सर्टिफाइ गरिसकेको छ । नेपालमा पनि स्वास्थ्य मन्त्रालयले प्रारम्भिक सहमति दिइसकेको छ ।

कार्यालयमा प्रयोग हुने सोफा, टेवल, कम्प्युटरलाई उक्त स्ट्रेलाजर मार्फत सेन्नीटाइज गर्न सकिने छ । यस्तै, पैसा, एटीम बुथ, मोवाइल, खाद्यन्न परिकार, मोवाइल, कपडा लगायतका कुनै पनि बस्तुलाई यसले सेन्नीटाइज गर्न सकिने छ ।

त्योअनुसार बैंक, बीमा कम्पनी, खाद्य स्टोर, सपिङ मल, व्यूटी पालर, सैलुन, अस्पताल, आवासका लागि यो उपयोगी हुने देखिन्छ । उक्त स्ट्रेलाइजरमा हुने प्रकाश (रे) मार्फत बिभिन्न बस्तुलाई सेनीटाइज गर्न सकिने छ । उक्त प्रकाशले ३ सेकेन्डदेखि ३० सेकेन्ड भित्र कोरोना भाइरस सहित अन्य ब्याक्टेरियालाई समेत नष्ट गर्ने बताइएको छ ।

स्ट्रेलाइजरमा विद्युत जोडपछि त्यहाँ भएका लाइट मार्फत प्रकाश निस्कन्छ । र, त्यो प्रकाशलाई कम्पयुटर, पैसा, सोफा लगायतका बस्तुमा पारेपछि त्यहाँ हुने कोरोना भाइरस लगायतका ब्याक्टेरिया नस्ट हुने बताइएको छ ।

तर, यो मानव शरिरको लागि भने हानी कारण हुनेछ । चस्मा, माक्स, पन्जा लगायतका सुरक्षाका सामाग्री प्रयोग गरेर स्ट्रेलाइजर प्रयोग गर्नुपर्ने बताइएको छ ।

नेपालमा बिभिन्न मोडलका युभि स्ट्रलाइजर भित्राएको बताइएको छ । कार्यालयमा प्रवेश गर्दा मानिसको खुट्टााई समेत स्यानीटाइज गर्ने स्ट्रेलाइजर ल्याएको हेल्थकेयर सप्लार्यसको भनाइ छ । यस्तै, अन्य प्रकारका स्ट्रेलाइजर पनि भित्राइएको उसले बताएको ।

मोडलअनुसार मुल्य पनि फरक फरक भएको बताइएको छ । अहिले १७ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म पर्ने स्ट्रेलाइजर नेपालमा भित्राइएको हेल्थ केयर सप्लार्यसको भनाइ छ ।

यसमा ३ महिनाको वारेन्टी पनि हुनेछ । साथै, त्यसपछि पनि मर्मतका लागि आवश्यक सहजता प्रदान गरिने बताइएको छ ।  विश्वकर्मा सप्लार्यसका प्रवन्ध निर्देशक रामलाल राजबंशीले कार्यालयहरुलाई स्यानीटाइज गर्न युभि स्ट्रेलाइजर उपयुक्त भएको बताए ।

बिशेषगरि बैंक, बीमा कम्पनीका कार्यालय, सपिङ मल, अस्पतालका लागि यो बढी उपयोगी हुने उनको भनाइ छ । ‘अहिले कोराना भाइरस समुदाय स्तरमा नै फैलिएको छ ।

त्यसमाथि बैंक, सपिङ मल लगायतका क्षेत्रमा भिडभाड पनि बढ्दो छ, फलस्वरुप ती ठाउँबाट कोरोना भाइरस थप फैलिने सम्भावना छ,’ उनले भने, ‘तसर्थ, अब त्यस्ता स्थानहरुलाई पनि सुरिक्षत बनाउन आवश्यक छ । त्यसको लागि यो युभि स्ट्रेलाइजर बढी उपयोगी छ ।’

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:२८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...