back
NMB ad

सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना

Kumari bank ad

सुर्खेत । सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ ।

अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताएका छन्।

यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारे । आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जनाए।

चार वर्षदेखिको प्रयास
उपत्यकामा भेरीको पानी ल्याउन सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गरे पनि योजना अगाडि नबढ्दा बजेट फ्रिज हुँदै आएको थियो ।

भेरी नदीको पानी उपत्यकामा ल्याउन चार वर्ष अघिदेखि चर्चा चल्दै आए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । अब विभागले यहाँको खानेपानी समस्या समधान गर्न दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी सक्रियता देखाएको छ ।

चार सय मिटर माथि पम्पिङ
उक्त ठाउँबाट पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिने छ । भेरीबाट चार सय मिटरमाथि पम्पिङ गरेर अमृतडाँडासम्म पानी ल्याउन मात्रै करिब दुई अर्ब रुपियाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।

अमृतडाँडामा १२ हजार क्युबिक लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ । मुहानदेखि अमृतडाँडासम्म पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा पानी वितरणका लागि संरचना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौ हजार रुपियाँ लाग्ने अनुमान रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:०० मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...