back
NMB ad

बीमा शुल्कभन्दा दाबी रकम बढी

Kumari bank ad

काठमाडौं । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ ।

पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी गर्नेको संख्या निकै बढेको छ । निर्जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्त रूपमा अगाडि बढाएका छन् । फलस्वरूप दाबी भुक्तानी रकम बढ्दै गएको हो ।

नेपाल बीमक संघबाट प्राप्त तथ्यांकअनुसार हालसम्म कोरोना बीमाबाट करीब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । तर, रू। १ अर्ब २ करोड ९६ लाख दाबी भुक्तानी भइसकेको संघको भनाइ छ । १० हजार ५६३ जनालाई सो बराबरको दाबी रकम भुक्तानी गरिएको संघले बताएको छ ।

पछिल्लो समय कोरोना बीमा गर्ने व्यक्तिको सख्या घट्दै गएको छ । तर, दाबी आवेदन भने आइरहेका छन् । फलस्वरूप बीमाशुल्क भन्दा दाबी रकम बढी भएको संघका सचिव तथा प्रवक्ता चंकी क्षेत्रीले बताए । ‘दाबी भुक्तानीमा ढिलाइ भएको समाचारहरू आएपछि बीमाप्रति आकर्षण कम हुँदा बीमाशुल्क संकलनमा संकुचन आएको छ । तर, दाबी भने दिन प्रतिदिन बढ्दै गएको छ,’ उनले भने, ‘फलस्वरूप दाबी रकम बढी भएको हो ।’

संघको तथ्यांकअनुसार अझै अर्बौं रुपैयाँ बराबरको दाबी रकम भुक्तानी हुन बाँकी छ । अझै ३१ हजार २६४ जनालाई रू। ३ अर्बभन्दा बढी बराबरको दाबी गर्न बाँकी रहेको संघको तथ्यांकले देखाएको छ । बाँकी भएको दाबी पनि भुक्तानी गरिने उनको भनाइ छ । ‘बीमा कम्पनीले कोरोना बीमाको दाबी गर्दैन भन्थे । तर, हामीले १ अर्बभन्दा बढी दाबी भुक्तानी गरिसकेका छौं,’ उनले भने, ‘पेडिङमा रहेको अर्बौं बराबरको दाबी रकम पनि भुक्तानी गर्छौं ।’

अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि दाबी भुक्तानीको काम चुस्त रूपमा अगाडि बढेको कम्पनीहरूको भनाइ छ । कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिहरूलाई बोलाएर यस्तो निर्देशन दिएका थिए ।

त्यस बेला १ हजार ७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्म १० हजार ५६३ जनाले दाबी बुझिसकेको कम्पनीहरू बताउँछन् ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:११ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...