back
NMB ad

नेपालमै गाडी एसेम्बल गर्ने उद्योगका लागि अध्ययन गर्दै सरकार

Kumari bank ad

काठमाडौं । सरकारले नेपालमै गाडी एसेम्बल गर्ने उद्योगका लागि समिति बनाएर अध्ययन शुरू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको संयोजकत्वमा अध्ययन टोली बनाएको हो ।

समितिमा उद्योग र अर्थ मन्त्रालयका उपसचिव, उद्योग विभागका कानून शाखा प्रमुख, मेकानिकल इन्जिनियर, वातावरण तथा प्रविधि शाखाका निर्देशक र कम्पनी रजिस्ट्रारका प्रतिनिधि छन् ।

समितिले उद्योगीहरूसँग मिलेर नेपालमा गाडी एसेम्बलिङको सम्भावना, यसका फाइदा/बेफाइदा, पुरानो अभ्यास आदिको अध्ययन गर्नेछ । विभागमा यसअघि नै २२ उद्योग एसेम्बलिङका लागि दर्ता भइसकेकोमा राज्यले उचित संरक्षण र प्रवद्र्धन गर्न नसक्दा कतिपय शुरू नै नभई बन्द भएका थिए भने कतिपय पछि बन्द भएका थिए ।

एसेम्बलिङ प्लान्ट स्थापनाका लागि कोरियाको मोट्रेक्स कम्पनीको निवेदन लगानी बोर्डले गत चैत पहिलो साता स्वीकृत गरेसँगै नेपालमा एसेम्बलिङ उद्योगको चर्चा शुरू भएको थियो ।

उक्त कम्पनीसँग विभिन्न चरणको वार्ता भई रूपन्देहीको मोतीपुरमा सरकारले प्लान्टका लागि जग्गा दिने सहमति गरे पनि एसेम्बलिङ उद्योग स्थापनाका लागि सम्झौता हुन सकेको छैन ।

गभर्नर महाप्रसाद अधिकारी लगानी बोर्डमा हुँदाताका नै मोतीपुरमा एसेम्बलिङ प्लान्टका लागि कम्पनीसँग सहमति भएकोमा त्यसयता कम्पनीसँग छलफल हुन सकेको छैन । बोर्डका एक अधिकारीले कोभिडका कारण उक्त प्रक्रिया अघि बढ्न नसकेको बताए ।

मोट्रेक्सको आगमनसँगै नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गर्न स्वदेशी र विदेशी कम्पनीहरूले चासो देखाउन थालेका थिए । स्वदेशी उद्योगको चासो बढ्दै गएपछि मन्त्रालयले यसको सम्भावनाको अध्ययन अघि बढाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १ बुधवार ०८:४४ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...