back
NMB ad

अब भारतको बिहारमा गुट्खा र पान मसलामा प्रतिबन्ध

Kumari bank ad

काठमाण्डौं ।  भारतको बिहारमा गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि एक वर्षको लागि भारतको बिहार राज्य सरकारले गुट्खा र पान मसलामा प्रतिबन्धको घोषणा गरेको हो ।
बिहार राज्य सरकारले जारी गरेको आदेशम गुट्खा, पान मसला, बनाउँन, बेच्न, ओसारपसार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

राज्य सरकारको आदेश अनुसार गुट्खा एक ठाउँबाट अर्को ठाउँमा लान, देखाउन र संकलन गर्न समेत पाइने छैन ।

त्यहाँका खाद्य विभागका अधिकारीले गुट्खा र पान मसला बिक्री रोक्नको लागि जाँच र छापा मार्न निर्देशन दिएका छन् ।

भारतको बिहारमा अप्रिलबाट मदिरामा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो । शनिबारबाट गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा समेत गुट्खा र पान मसला खान प्रतिबन्ध लगाइएको छ । भारतले गुट्खा र पानले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको बताएको छ ।
प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १४:०८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...