back
NMB ad

आदर्श सञ्चारका नियमित स्तम्भरकारहरु सम्मानित

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले बुधबार संस्थाका नियमित स्तम्भकारहरुलाई सम्मान गरेको छ ।

बुधबार संस्थामा एक कार्यक्रमको आयोजना गरेर संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श अनलाइन डट कममा नियमित रुपमा लेख लेख्दै आएका स्तम्भरकासँग सम्मान गरेको हो ।

संस्थाद्वारा सञ्चालित संचार माध्यममा लेख, समाचार र आलेख उपलब्ध गराएर सहयोग गर्नेहरुलाई न्यूनतम पारिश्रमिक सहित सम्मान गर्ने संस्थाको गत आर्थिक वर्षको निर्णय अनुसार संस्थाका १० जना नियमिति स्तम्भरकारलाई नगद सहित सम्मान गरिएको हो ।

नियमित स्तम्भकार देब बहादुर श्रेष्ठ, सरोजराज पन्त, जीवन शाक्य, रामनारायण सुवेदी, कृषिता अधिकारी निशा र शुभेच्छा पन्तलाई संस्थाको कार्यालयमै सम्मान गरिएको छ । कार्यक्रममा उपस्थित हुन नसकेका राजेशचन्द्र राजभण्डारी, शिवसरण ज्ञावाली, तुल्सीराम पाण्डे र खिमानन्द कंडेललाई सम्मान सहित पारिश्रमिक उपलब्ध गराइने संस्थाका सम्पादक रामबहादुर जिसीले बताउँनुभयो ।

सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव तथा आदर्श सञ्चार सहकारी संस्थाका प्रकाशन उपसमितिका सदस्य राम थापा अविरलले स्तम्भरकारलाई नियमित पारिश्रमिक दिने गरी सहकारीले गरेको निर्णय जिल्लामै उदाहारणीय भएको बताउनुभयो ।

उहाँले कोरोना महामारीको विचमा सञ्चार माध्यममा काम गर्नेहरुको रोजगारी गुमेको, पारिश्रमिक नपाएको भन्ने समाचार प्रकाशित भइरहेको समयमा मोफसलको सञ्चार माध्यमले लेख लेख्नेहरुलाई समेत पारिश्रमिक दिएर हौषला बढाएको उहाँको भनाई थियो ।

सम्मानित स्तम्भकारहरुले पैसाको लागि नभएर रुचिको विषयलाई लेख मार्फत पाठक सामु पु¥याउँने माध्यमको रुपमा आदर्श सञ्चारलाई रोजेको भएपनि सहकारीले पारिश्रमिक दिएर आफुहरुलाई उत्साहित र थप जिम्मेवार बनाएको बताउँनुभएको थियो ।

वि.सं.२०७७ पुस २ बिहीवार ०८:१६ मा प्रकाशित

You can share this post!

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...