back
NMB ad

बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारणलाइन

Kumari bank ad

गोरखा । बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ ।

गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।

जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उनले बताए । “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानले भने, “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौँ ।” उहाँले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरण तर्फको रु तीन करोड खर्च भएको बताए ।

“सोमबार ट्रान्सफर्मर जडान गरी विद्युत् पु¥याइएको छ”, प्रमुख न्यौपानेले भने, “अहिले धमाधम ग्राहकलाई मिटर वितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ ।” मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फारम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए । पहिलो चरणमा बारपाकका ५०० घरघुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानले जानकारी दिए ।

उनले प्राधिकरणले विपन्न परिवारलाई भने निःशुल्क मिटर उपलब्ध गराउने बताए । गत चैतभित्र बारपाकमा विद्युत् पु¥याउने योजना प्राधिकरण थियो । प्रमुख न्यौपानका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाइ भएको हो ।

लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ वटा र शाखा लाइनमा ५९० वटा फलामे पोल गाडिएको छ । बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे ।

यता गाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । “लद्युजलविद्युत् आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानीलगायत समस्या थियो”, स्थानीयवासी कोपिला घलेले भने, “अब ती समस्या हामीले भोग्नुपर्दैन भन्ने लागेको छ ।”

वि.सं.२०७७ पुस २ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...