back
NMB ad

ग्लोबल आइएमईले संचालनमा ल्यायो थप २ शाखारहित बैंकिङ सेवा

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बागलुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यीसहित बैंकको शाखारहित सेवा संख्या २४१ पुगेको छ ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलेको शाखारहित सेवाको वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयूक्त उद्घाटन गरे ।

उक्त शाखारहित सेवाको लागि संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियूक्त गरिएको छ । यसैगरी लेखनीमा खोलिएको शाखारहित सेवाको बागलुङ चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले उद्घाटन गरे । उक्त शाखारहित सेवाको प्रतिनिधिका रुपमा योगनाथ कंडेललाई नियूक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टेलिकमको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

बैंकका देशभर २६४ शाखा सञ्जाल, २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय संचालनमा छन् । २१ लाख बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको दावी छ ।

वि.सं.२०७७ पुस ६ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१२

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय...