back
NMB ad

पाँच महिनामा साढे ७ अर्बको सुन आयात

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म न्यून रहेको सुनको आयात मङ्सिरसम्म आउँदा भने बढेको छ ।

 

चालू आवको पहिलो त्रैमास अर्थात् असोजसम्म १०० केजी मात्र सुन आयात भएको थियो । तर, मङ्सिरसम्म आउँदा १ हजार केजीभन्दा बढी सुन आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालू आवको पहिलो ५ महीनामा १ हजार ५० केजी सुन आयात भएको छ । कात्तिक शुरू भएदेखि सुनको आयात बढेको तथ्यांकले देखाउँछ । दशैं तिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको सिजन भएका कारण उक्त समय सुनको आयात बढेको हो ।

कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्प जस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय विवाहको सिजनका कारण मूल्य बढी भए पनि सुनको माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ । तथ्यांकअनुसार कात्तिकमा ४०० र मङ्सिरमा ५५० केजी सुन आयात भएको छ ।

नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ ।

दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन छ । फलस्वरूप यो समयमा सुनको कारोबार बढी हुने गर्छ । चालू आवको कात्तिक र मङ्सिरमा पनि यसैको कारणले कारोबार बढ्दा आयात पनि बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

कात्तिकसम्म भएको सुनको आयात गत आवको सोही अवधिको भन्दा कम हो । गत आवको सोही अवधिमा १ हजार २५० केजी सुन आयात भएको थियो । अहिले त्योभन्दा १६ प्रतिशत अर्थात् २०० केजी कम सुन आयात भएको छ ।

पुसदेखि सुनको आयात कम हुने उनले बताए । ‘अब यो वर्ष विवाहको लगन छैन, अहिलेदेखि नै माग शून्यमा झरिसकेको छ । त्यसअनुसार अब सुनको आयात कम हुन्छ,’ उनले भने, ‘आगामी वैशाखमा हुने विवाहको सिजनलाई लक्षित गरेर चैतमा भने बढी मात्रामा सुन आयात हुन सक्छ ।’

परिमाणका आधारमा सुनको आयात घटे पनि रकम भने बढेको छ । रकमको आधारमा सुनको आयात १० दशमलव ८७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आवको ५ महीनामा ६ अर्ब ७९ करोडको सुन आयात भएको थियो । चालू आवमा भने ७ अर्ब ५३ करोडको सुन आयात भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:११ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...