back
NMB ad

एनसेलले थप्यो २७ अर्ब लगानी

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन २०१/२०० अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ अर्ब ७७ करोड लगानी भएको छ ।

यो लगानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा दोब्बरभन्दा बढी भएको पनि कम्पनीले जनाएको छ । उक्त आवमा कम्पनीले ११ अर्ब ९७ करोड रुपियाँ विकास खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत आवमा एनसेलले सरकारलाई मूल्य अभिवृद्धि कर, आयकरसहित दूरसञ्चार कम्पनीलाई अनिवार्य गरिएका शुल्कसमेत गरेर ३२ अर्ब ६२ करोड रुपियाँ करका रूपमा बुझाएको छ ।

त्यसअघिको आवमा कम्पनीले ३४ अर्ब ५५ करोड रुपियाँ कर बुझाएको थियो ।कोभिड सङ्क्रमणका कारण आम्दानी प्रभावित भएपछि करको मात्रा केही घटेको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले आफ्नो विकास तथा सञ्चालन खर्चबाट प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको अर्थतन्त्रलाई गत आवमा ६० अर्ब ५१ करोड रुपियाँ बराबरको योगदान पु¥याएको पनि दाबी गरेको छ ।

त्यस्तै एनसेल व्यवसायबाट करिब ५७ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । एनसेलका अनुसार हाल कम्पनीका एक करोड ५७ लाख प्रयोगकर्ता छन् ।

ग्रामीण क्षेत्रमा ५९ प्रतिशत बीटीएस टावर स्थापना गरेको कम्पनीले ५८ प्रतिशत जनसङ्ख्यामा फोरजी पहुँच पु¥याएको दाबी गरेको छ । त्यस्तै एनसेलका ग्राहकमध्ये ६४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...