back
NMB ad

आदर्श सञ्चारको वडा भेला सम्पन्न

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको सदस्य भेटौ:  सदस्य सुनौ अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा शनिवार वडा भेला सम्पन्न भएको छ ।

भेलाले शान्ति भण्डारी संयोजक र बाबुराम भण्डारी सचिव रहेको वडा स्तरीय उप–समिति गठन गरेको छ । उप–समितिका सदस्यहरुमा राम बहादुर भण्डारी, गोपाल श्रीस, याम बहादुर थापा, सुन्तली विश्वकर्मा, सन्त बहादुर आले, खुम बहादुर खड्का र गणेश खड्का रहनु भएको छ ।


संस्थाको रणनीतिक योजना अनुसार बागलुङ जिल्लाका सबै वडामा उप–समिति गठन गरी सदस्य विस्तार अभियान गर्ने उदेश्यले वडा स्तरीय उप–समिति गठन गरिएको संस्थाले जनाएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाको योजना, कार्यक्रम र वडा स्तरीय उप–समितिको काम कर्तव्य र अधिकार लगायतका विषयमा संस्थाका सम्पादक राम बहादुर जिसीले जानकारी गराउनुभएको थियो ।

बागलुङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका ८५ वटै वडामा वडा स्तरीय उपसमिति गठन गरी संस्थाको रणनीतिक योजना अनुसारका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले वडा स्तरीय उप–समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको योजना पुरा गर्नका लागि सक्रियताका साथ काम गर्न सुझाव दिनुभएको थियो ।


भेलामा संस्थामा आवद्ध नयाँ शेयर सदस्यहरुलाई स्वागत गरिएको थियो । वडा भेलामा २५ जना नया शेयर सदस्य थप भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ३ सय २५ जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस १९ आइतवार १६:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...