back
NMB ad

चार वर्षसम्म बनेन दश अवतार मन्दिर

Kumari bank ad

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन ।

निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ ।

विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिकरसानुबाबुरएसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्नुपर्ने थियो ।

शुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनःनिर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए । केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनीयर लक्ष्मण लम्सालले राससलाई जानकारी दिए ।

यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो । पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।

कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिई पुनःम्याद थपको माग गरेको थियो । निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनःनिर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ ।

चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारवाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् । कानूनी कारवाही गरेर मात्र मन्दिर पुनःनिर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए । आइतबार महानिर्देशक उनले मन्दिर पुनःनिर्माणको अवलोकन गरेका थिए ।

तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ । रु तीन करोड ९२ लाख ७८ हजार ९०६ लागत अनुमान गरिएकामा रु तीन करोड ७५ लाख नौ हजार ८५५ मा ठेक्का गरिएको थियो ।

हालसम्म पुनःनिर्माणको ५४.४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । पछिल्लो समय काठ नपाएर पुनःनिर्माणमा समस्या आएको छ ।

वि.सं.२०७७ पुस २० सोमवार १४:१९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...