back
NMB ad

‘बालुवा नचाले चुलामा आगो बल्दैन’

Kumari bank ad

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उहाँको दिनचर्या हो ।

नदीको बगरमा बालुवा नचाले उहाँको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उहाँले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आउनुभएको छ । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आउनुभएको छ ।

बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उहाँले परिवारको खर्च चलाउँदै आउनुभएको छ । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आउनुभएका नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ ।

घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उहाँले भन्नुभयो, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।”

विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् ।

भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उहाँले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं”, उहाँले भन्नुभयो, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।”

“बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले एक महिना खान पुग्दैन । नजिकैका बजारमा रोजगार पाइदैन । बालुवा नचालेर के गर्नु” उहाँले भन्नुभयो, “बाध्यता छ ।” बालुवाप्रति ट्राली रु एक हजार र गिट्टी प्रति ट्राली रु दुई हजारमा बिक्री हुने गरेको छ । “नदीको बगरमा बालुवा गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ”, अनिता सार्कीले भन्नुभयो, “पहिला माथिल्लो भागमा बालुवा गिट्टी चाल्थ्यौं । त्यहाँ चाल्न दिइएन । भगाइयो । यहाँबाट कुन दिन भगाउने हुन ठेगान छैन ।”

“बालुवा गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन । यो कार्य रोकेपछि बिजोग नै हुन्छ । साँझ बिहानको खानाको छाक टार्नसमेत मुस्किल हुन्छ”, उहाँले भन्नुभयो । आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिकासमेत बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुने गरेका छन् । घरखर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाईसँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दुःखेसो पोख्नुभयो ।

“कोरोना सङ्क्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन् । त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा गिट्टी चाल्ने कार्यमा लगाएका छौं”, बालुवा गिट्टी चाल्नमा संलग्नहरुले भन्नुभयो, “विद्यालय सञ्चालन भए पनि कापी, कलम र पोशाकको व्यवस्था गर्नेसम्मको हैसियत धेरैसँग छैन । विद्यालय पढदै गरेकालाई बिचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ ।”

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले चाल्ने गरेको स्थानीयवासी अनिता सार्कीले बताउनुभयो ।

निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि भीमदत्त नगरपालिका–९ खल्लालाई छुन सकेका छैनन् । अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी नगरपालिकाको छ ।

विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । बालुवा गिट्टी चाल्दाचाल्दै धेरै जना बिरामी भए पनि उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने अवस्थासमेत रहेको छ ।

महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवार संलग्न छन् । बालुवा गिट्टी चाल्ने परिवारको आर्थिक अवस्था दयनीय छ । बस्नका लागि गतिलो घरसमेत छैन । अधिकांश परिवार झोपडीमा बस्दै आएका छन् । महाकाली नदीमा बालुवा गिट्टी चाल्नेको सङ्ख्या सय भन्दा बढी छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...