back
NMB ad

इन्द्र आङ्बोले डुबाएको मन्त्रालयमा मुख्यमन्त्री पुगेपछि…

Kumari bank ad

विराटनगर । गत पुस १० गतेसम्म प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको छुट्टै शान थियो । दुई वर्ष १० महिना मन्त्री भएका आङ्बोले यसबीचमा करिब आधा दर्जन नयाँ नयाँ गाडी किनेर चढेका थिए ।

यसरी विलासी जीवन बिताइरहेका आङ्बो प्रदेश १ मा सबैभन्दा धेरै गाडी फेर्ने र महंगो गाडी चढ्ने मन्त्रीको परिचय समेत बनाएका थिए ।
कुनै आम्दानी बीना विलासी जिवन बिताइरहेका आङ्बोको गत पुस ११ गते जागिर चट् भयो ।

आफ्नै सरकार ढाल्न अनावश्यक चलखेल गरेको थाहा पाएपछि मुख्यमन्त्री शेरधन राईले आङ्बोलाई बर्खास्त गरिदिनु भएको थियो । आङ्बो बर्खास्त भएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शेरधन राईले लिनु भएको छ ।

तत्कालिन माओवादी केन्द्रबाट मन्त्री बनेका आङ्बोले प्रदेश सरकारको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्रालय डुबाएको भेटिएको छ । आङ्बोले मन्त्रालय राम्रोसँग चलाउन नसकेको उनकै पार्टीबाट बारम्बार गुनासो आउने गरेको थियो ।

मुख्यमन्त्री राईले पटक पटक सच्चिन आग्रह गरेपनि आङ्बो नसच्चिएपछि अन्तिममा बर्खास्तसम्म गर्नु परेको थियो । उनले बजेट बनाउन नजानेको समेत पुष्टि भएको छ ।

प्रदेशको श्रोत आंकलन गर्न नजानेर प्रदेश सरकारको बजेट समेत उनले बिगारेका छन् । यसरी आङ्बोले डुबाएको मन्त्रालय मुख्यमन्त्री शेरधन राईले जिम्मा लिनु भएको छ ।

उनले डुबाएको मन्त्रालयलाई सही बाटोमा हिडाउनु पर्नै मुख्यमन्त्री राईको काधमा दायित्व थपिएको छ । मुख्यमन्त्री राई बिहिबार मन्त्रालय पुगेर मन्त्रालयको अवस्थाको बारेमा जानकारी समेत लिनु भएको छ ।

मन्त्रालय पुगेर मुख्यमन्त्री राईले भन्नुभयो प्रदेश सरकार संघीयताको मुटु भएको र प्रदे सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय हो ।

प्रदेश सरकारको मुटु पहिलो बर्ष राम्रै चलेपनि दोश्रो बर्षको अन्त्यदेखि समस्या देखिदै गएको आफुले पाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘चालु आर्थिक बर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।’ प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ उहाँले भन्नुभयो ।

समस्या पहिचान भएकाले उपचारको प्रकृया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उहाँले भन्नुभयो,‘ मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहनु भएको छ ।’ मुटुको सफल उपचारपछि सरकारलाई गतिशिल बनाउने उहाँले बताउनुभयो । क्रोनिक एकै पटक देखा नपरेको मुख्यमन्त्री राईले बताउनुभयो । आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सवै रिपोर्टिङ आफुले पाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तिय अनुशासन कायम नभएकोबारे विभागिय मन्त्रीलाई पटक–पटक सचेत गराएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयमा देखिएको वेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिनुभएको छ ।

प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन नसकेको उहाँले बताउनुभयो । प्रदेशमा प्रणालीको विकास गरि अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने उहाँले बताउनुभयो ।

वित्तिय अनुशासन कायम राख्न मन्त्रालयका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ गल्ती कमजोरी कहिँ कतैबाट हुन दिनुभएन ।’

पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिएपनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरुलाई उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, यसको भ्रममा नपर्नुहोला ।’ आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । आफु नेतृत्वको सरकार अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो,‘ कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।’ उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई उहाँको आग्रह छ । आर्थिक मन्त्रालयको नेतृत्व अव ठिक ढंगबाट हुने उहाँले बताउनुभयो ।

वि.सं.२०७७ पुस २३ बिहीवार १६:५४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...