back
NMB ad

कम्पनी रजिष्ट्रारले ७१ बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गर्दै

Kumari bank ad

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले समयमा लेखा परिक्षण गर्न नसकेर साधारणसभा गर्न नसकेका ७१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गर्ने भएको छ ।

कम्पनी ऐनले तोकेको समय चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तसम्म यी वित्तीय संस्थाहरुले बुझाउन नसकेपछि कारवाही गर्न परेको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कम्पनी ऐन २०६३ को दफा ५१,७६,र ९२ ले गरेको व्यवस्था अनुसार पब्लिक कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पुस मसान्तसम्म मात्र हो ।उक्त व्यवस्थाअनुसार आव २०७६/७७ को लेखा परिक्षणपछिको आयकर विवरण आव सकिएको ६ महिना भित्रै अर्थात पुस मसान्तभित्रै बुझाइसक्नुपर्ने हुन्छ ।

सार्वजनिक कम्पनीले साधारण सभा हुनु २१ दिन अगाडी सभा हुने मिती, स्थान र एजेण्डासहित सार्वजनिक सुचना जारी गर्नुपर्थ्यो । १९ विकास बैंक मध्ये ९ वटा बैंकले मात्र लेखापरिक्षण प्रतिवेदन बुझाएको जनाएको छ ।

त्यस्तै, २१ फाइनान्स मध्ये ९ वटाले मात्र लेखा परिक्षण प्रतिवेदन स्वीकृत समयभित्रमा भएको छ । यसैगरी अस्तित्वमा रहेका ७८ लघुवित्त संस्थामध्ये ३१ वटाले मात्र राष्ट्र बैकले लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको छ । ४७ संस्थाहरुले अझै प्रक्रिया पुर्याउन सकेका छैनन् ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...