back
NMB ad

नेप्सेमा २ कम्पनीको मूल्य समायोजन, कुनले कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार दुई कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो ।  दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ६४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १७० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र रू. १ करोड ६२ लाख २४ हजार ३५१ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्न माघ १५ गते साधारण सभा बोलाएको छ । कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाएको हो ।

त्यस्तै, नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १८६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १९७ मा अन्तिम कारोबार भएको थियो

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८१ करोड ३१ लाख को ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारण सभा माघ १५ बोलाएको छ । कम्पनीले अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालि, बुटवलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

वि.सं.२०७७ माघ २ शुक्रवार १०:४३ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...