back
NMB ad

सम्झौता म्याद अगावै स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण

Kumari bank ad

टिस्टुङ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा ठेक्का सम्झौताको म्याद अगावै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

बकैया गाउँपालिका–३ हात्तीसुँढेमा निर्माण गरिएको चारकोठे स्वास्थ्य केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । भवन निर्माणको ठेक्का पाएको विवेक विनिता निर्माण सेवाले बकैया–३ को स्वास्थ्य केन्द्रको भवन सम्झौताको म्यादभन्दा एक महिनाअगावै निर्माण गरेको थियो ।

निर्माण कम्पनीका प्रमुख राजनप्रसाद बोलखेले भन्नुभयो, “हामीले पुसको २० गते नै निर्माण सम्पन्न भएको जानकारी दिएका थियौँ, सम्झौताअनुसार भवन निर्माणको म्याद भने माघ २० गतेसम्मका लागि रहेको छ ।”

गत भदौ २९ गते एकै दिन बकैया गाउँपालिका–३ र ७ को आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको थियो । यो अवधिमा दशैँ–तिहारजस्ता चाडपर्व परे पनि निर्माण कम्पनीले तीव्ररुपमा काम अघि बढाएको थियो । वडा नं ७ को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको बोलखेले बताउनुभयो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाका सबै नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउन प्रत्येक वडामा एक–एक आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७७/७८ को गाउँपालिकाको बजेटबाट काम गर्ने गरी सबै भवनको ठेक्का विवेक विनिता निर्माण सेवाले पाएको थियो । गाउँपालिकाको रु २७ लाख बजेटमा १२ पिलरको चारकोठे भवन निर्माण गरिएको निर्माण सेवाका प्रमुख बोलखेले जानकारी दिनुभयो ।

वि.सं.२०७७ माघ ६ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...