back
NMB ad

कहिले आउला बैंकहरुको २० अर्ब ३७ करोड रुपैयाँको सेयर !

Kumari bank ad

काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । सेयर नियमन नियकाबाट अनुमति लिइसकेको र अनुमति लिन बाँकी रहेकाले यति धेरै रकमको सेयर एकै पटक बजारमा भने आउनेछैन ।

हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् । यसले गर्दा सेयर बजारमा यति धेरै मात्रामा सेयर एकै पटक आउन लागेको हो ।

सबैभन्दा धेरै अनुपातमा लक्ष्मी बैंकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको अनुपात छ । नेपाल एसबीआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेकोछ ।

सानिमा, सिटीजन्स, कृषि बिकास र माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको आधा हकप्रद जारी गर्ने निर्णय गरेकोछ । एभरेष्ट र स्टान्डर्ड चार्टर्डले पनि कम्तिमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्ने भएका छन् ।

यी ९ बैंक बाहेक अन्य ५ बैंकहरुको गरेर बजारमा २० अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर आउन लागेको हो । तर यो कहिलेसम्म आउनेछ भन्ने विषय भने अहिले अन्योल नै छ ।
१४ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...