back
NMB ad

निकुञ्जभित्र धमाधम पुल निर्माण

Kumari bank ad

चितवन । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर–माडी हुलाकी सडकमा निर्माण भइरहेका पुलहरूको वातावरणीय प्रभाव मूल्याङ्कनको सोधखोज गरेको छ ।

कुनै पनि आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन नभई निर्माण गर्न नपाइने कानुनी मान्यता भए पनि माडीमा धमाधम पुल निर्माण भइरहेको भन्दै निकुञ्जले सो कानुनी आधार खोजेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले ठूला योजना बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्नेमा माडीमा बन्दै गरेका अधिकांश पुलको वातावरण्ीाय प्रभाव मूल्याङ्कन नभएको दाबी गरे ।

“कुनै पनि ठूला योजना अघि सार्दा त्यसले पार्ने वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने कानुनी मान्यता छ तर निकुञ्ज भएर जाने नारायणगढ–माडी–ठोरी हुलाकी सडकका अधिकांश पुल वातावरण प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गरिएका छन्,” उनले भने ।

विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज हुँदै जाने सडकमा बन्ने भौतिक पूर्वाधार कानुनी मान्यता पूरा गरेर मात्रै निर्माण हुनुपर्ने निकुञ्जको तर्क छ । निकुञ्जले पुल निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कनको कानुनी वैधानिकता खोजेसँगै अहिले पुल निर्माणको काम रोकिएको बताइन्छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकमा अहिले ठूला साना ११ वटा पुल निर्माणका क्रममा छन् ।

वि.सं.२०७७ माघ ११ आइतवार ०९:१६ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...