back
NMB ad

सनराइज बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण, कति कमायो नाफा ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त विवतरण अनुसार कम्पनीको खुद नाफा रू. ९४ करोड ९४ लाख १२ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा शून्य दशमलव ५३ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले रू. ९४ करोड ४३ लाख ८८ हजार खुद नाफा गरेको थियो ।

यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. २१ करोड ३३ लाख ८९ हजार रहेको छ । कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा शून्य दशमलव ८३ प्रतिशत बढेको छ । गत वर्ष रू. १ अर्ब ३४ करोड ५१ लाख ५० हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ३५ करोड ६३ लाख ३ हजार यो नाफा गरेको छ ।

५ दशमलव ८० प्रतिशत बोनस शेयर पछि कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ६ प्रतिशत बढेर रू. १४ अर्ब २० करोड ९ लाख ३६ हजार कायम भएको छ ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा २ दशमलव ४२ प्रतिशत बढी रू. ९२ अर्ब ४० करोड ७५ लाख ७७ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा १ प्रतिशत बढी रू. ८६ अर्ब ९६ करोड ७४ लाख ३३ हजार कर्जा प्रवाह गरेको छ ।

यस कम्पनीको निष्क्रिय कर्जा अनुपात गतवर्षभन्दा घटेको छ । गत वर्ष १ दशमलव ६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव शून्य ६ प्रतिशतमा झरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव शून्य १ र प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ६७ रहेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...