back
NMB ad

बागमती प्रदेशमा खोप अभियान शुरु : ६४ हजार १९२ जनालाई लगाइने

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज बुधवार हेटौँडामा शुभारम्भ गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको पीसीआर प्रयोगशाला कक्षको पनि आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रवीण श्रेष्ठले कोभिड–१९ को खोप लगाए । समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेशका जनताको स्वास्थ्या उपचार र दैविक प्रकोपबाट पीडित भएका परिवारलाई तत्काल उद्धार गर्न प्रदेश सरकारले आफ्नो स्रोतसाधन र जनशक्ति परिचालन गरिएको बताउनुभएको छ ।

उहाँले कोभिडको खोप जनतालाई पु¥याउन सङ्घीय सरकारले समयमा निकै मिहिनेतका साथ उपलब्ध गराएको चर्चा गर्दै सरकार र जनताप्रति जिम्मेवार र जवाफदेही रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृद्धितर्फ क्रियाशील तुल्याउन विभिन्न जिल्लामा प्याकेज कार्यक्रमहरु सञ्चालनमा रहेको र ती योजनाहरुबाट छिट्टै जनताले दिगो लाभ पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले सङ्घीय सरकारले कोभिड खोप उपलब्ध गराइएअनुसार बागमती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम राखिएको उल्लेख गर्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नागरिकलाई खोप लगाउने उच्च प्रथामिकताका साथ कार्यान्वयन गर्ने बताउनभुयो । बागमती प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको सो मन्त्रालयका सचिव काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सहसचिव डा. पुरुषोत्तम राज सेढाईं र हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले कोभिड–१९ का बिरामीलाई तत्काल उपचार गर्ने कार्यमा आवश्यक चिकित्सक तथा आधुनिक सुविधायुक्त प्रयोगशालाको स्थापना गरी नियमित सेवासुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो ।

भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो ।

जिल्लामा चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइनेछ । यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइनेछ । माडीमा माडी नगरपालिका भित्रकालाई दिइने कार्यक्रम रहेको तिवारीले बताए । आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने उनले जानकारी दिए ।

वि.सं.२०७७ माघ १४ बुधवार १६:१० मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...