back
NMB ad

३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक

Kumari bank ad

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।

 

कम्पनीले बिहीबार भर्चुअल प्रेस कन्फेरेन्स मार्फत् ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो । कम्पनीले २ देखि ३ वर्षमा १४ डेटा सेन्टर निर्माण गरिसक्ने जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौं, भरतपुर, लेखनाथ, हेटौंडा, भक्तपुर, बुटवल, दुहाबी, बिरगंज, ढल्केबर, अत्तरिया, भैरहवा, कोहलपुर र सुर्खेतमा डेटा सेन्टर बनाइने छ ।

१४ डेटा सेन्टर मध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो हुनेछ । यो डेटा सेन्टरमा ३५० ¥याक्स हुनेछन् भने टायर ३ प्रमाणीकरण सहितको हुनेछ । काठमाडौंको डेटा सेन्टरको लागि कम्पनीले जग्गा खरिद गरिसकेको छ भने भवन डिजाइनको चरणमा रहेको छ ।

वर्ल्डलिंकका सिटीओ समित जनाले काठमाडौं र भरतपुरको डेटा सेन्टरका लागि कम्पनीले जग्गा खरिद गरिसकेको र अरु प्रक्रियाकै चरणमा रहेको बताए ।

त्यस्तै काठमाडौं बाहेकका डेटा सेन्टरहरु टायर २ प्रमाणीकरण भएको हुनेछ । यी डेटा सेन्टरहरु अरु संस्थाहरुको प्रयोग गर्न सक्ने छन् । भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले आउँदो १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्क्योल डेटा सेन्टरले गर्ने बताए ।

त्यस्तै वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले सरकारले अगाडी सारेको डिजिटल नेपाल अवधारणालाई साकार पार्न पनि डेटा सेन्टर महत्वपूर्ण पूर्वाधार भएको बताए । सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन कम्पनीले अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर निर्माण गर्न लागेको उनले जानकारी दिए ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:१५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...