back
NMB ad

सितापाइला-धार्के सडकलाई ५० करोड, लामिडाँडामा बन्ने भयो शहर

Kumari bank ad

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ ।

गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख को श्रोत सुनिश्चितता भएको हो ।

सो सडकको धादिङ तर्फ रु १५ करोड बजेट विनियोजन भई ३ कि.मि. कालोपत्रे सडक ठेक्का लगाउने अन्तिम तयारीमा पुगेको छ । सोही सडकको काठमाडौं तर्फ ठुलोखोला कोबाहिटी सितापाइला खण्ड निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम रु ३५ करोड २० लाखको थप श्रोत सुनिश्चितता भई अर्थ मन्त्रालयबाट खरिद प्रकृया अगाडी बढाउन सहमती प्राप्त भएको धादिङ क्षेत्र नं. १ का तत्कालिन सांसद भुमि त्रिपाठीले जानकारी दिनुभयो ।

धादिङ र काठमाडौंमा गरी जम्मा बजेट रु ५० करोड २० लाख पुगेको हो । २०४४ सालदेखि ट्रयाक खुलेको सडक हालसम्म उही अवस्थामा थियो । अव धादिङका जनताले काठमाडौंको यात्रा गर्दा सहजता पाउने निवर्तमान सांसद त्रिपाठीले बताउनुभयो ।

धुनिबेशी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका (लामिडाँडा)लाई समेटेर शहरी पूर्वाधार निर्माणको लागि पनि शहरी विकास मन्त्रालयले प्रकृया अगाडी बढाएको छ । मन्त्रालयले डिपिआर तयार गर्न रु २० लाख बजेट विनियोजन गरी खरिद प्रकृया समेत अगाडी बढाएको जानकारी दिएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १८:३७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...