back
NMB ad

हिमालयन पदमार्ग निर्माणमा तीव्रता

Kumari bank ad

चौतारा। पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ ।

हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

चालू आर्थिक वर्षमा थप एक हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट रु चार करोडमा बोलपत्र स्वीकृति भएको छ । विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे–जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनीयर सचिन यादवले जानकारी दिनुभयो ।

बहुवर्षीय योजनाअन्तर्गत कूल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करीब रु तीन अर्ब ५० करोड बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

चीनको ग्रेटवालको झझल्को दिने खालको उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ । कडा चट्टानको ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ । सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टीमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताउनुभयो ।

निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका–१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुङ्गिनेछ ।

दोस्रो रुटमा हेलम्बु–६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुङ्गिनेछ । दुवैतिरबाट काम शुरु भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ । सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ ।

वि.सं.२०७७ माघ १७ शनिवार १६:४१ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...