back
NMB ad

छ महिनामा भित्रियो ४८ अर्बको डिजेल

Kumari bank ad

काठमाडौं‌ । प्रदेश २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्‍ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब रुपैयाँ मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ। सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्‍ज भन्सार कार्यालयले जनाएको छ।

नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्‍ज नाका हुँदै नेपाल भित्रिने गरेको छ। तथ्याङ्‍कअनुसार चालु आर्थिक वर्षको छ महिनामा ४७ अर्ब ८७ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ। यसमध्ये २३ अर्ब रुपैयाँ मूल्य बराबरको डिजेल आयात भएको हो।

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६र७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्‍घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए।

चालु आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्‍ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो। भन्सार कार्यालयले चालु आवको छ महिनामा डिजेलबाट करिब २३ प्रतिशत राजस्व उठाएको छ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्‍ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड रुपैयाँ डिजेलबाटै राजस्‍व उठाएको छ। सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ। पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्‍ज भन्सारले जनाएको छ।

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार दुई सय चार लिटर हवाई इन्धन आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २६ हजार एक सय १२ लिटर हवाइ इन्धन भित्रिएको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ। सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्याङ्‍कले देखाउँछ।

भारतको मोतिहारीबाट बाराको अमलेखगञ्‍ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्‍न अमलेखगञ्‍ज डिपोमा विलिङ मेसिन राखिएको छ। सोही बिलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजस्व उठाउने गरेको छ। त्यहाँ रहेको मिटरमा परिमाण देख्‍न सकिन्छ।

वि.सं.२०७७ माघ १८ आइतवार १५:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...