काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८८ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा सानिमा बैंकको ८८ लाख १ हजार ३८० दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७७ माघ १९ सोमवार १५:५० मा प्रकाशित