back
NMB ad

गभर्नर अधिकारी विरुद्ध उत्रिए नेपाल राष्ट्र बैंकका कर्मचारी (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारी गभर्नर महाप्रसाद अधिकारी विरुद्ध उत्रिएका छन् । बढुवाको विषयलाई लिएर कर्मचारीहरु गभर्नर अधिकारीको विरुद्धमा उत्रिएका हुन् ।

 

राष्ट्र बैंक कर्मचारी संघले विज्ञप्ति जारी गर्र्दै कर्मचारीको बढुवामा मनोमानी भएको भन्दै गभर्नरलाई विरोधपत्र बुझाएका छन् । संघले गभर्नरलाई बुझाएको विरोध पत्रमा बैंक व्यवस्थापनका अन्याय, अत्याचार र विभेदका विरुद्धमा तथा न्याय र समानताका पक्षमा संघ सदै लडेको र अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले त्यसलाई झनै बढावा दिएको उल्लेख छ ।

 

उक्त नजिताले आम कर्मचारीलाई विगतका कालरात्रीको पुनः स्मरण गराएको विज्ञप्तिमा उल्लेख छ । ‘संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाको आधारमा विभेद गरी वृत्ति विकासबाट वञ्चित गर्ने दुर्भावनाबाट ग्रसित व्यवस्थापनका केही अराजक पात्रहरुका काला कर्तुत खेदजनक छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

 

समानता र न्यायको अन्तिम भरोसा र विश्वासको केन्द्रबाट समेत तदनुरुपको भूमिकाको अनुभूति पाउन नसकेको अवस्थामा कर्मचारी कसरी उत्प्रेरित हुन सक्लान ? भन्ने प्रश्न गर्दै संस्थाबाट समानता र न्यायको प्रत्याभूति हुन नसक्ने उनीहरुको बुझाई छ । बैंक व्यवस्थापनको कामले स्वतन्त्र न्याय सम्पादन माथि नै प्रश्न उब्जाएको भन्दै ‘बुढी मरी भन्ने चिन्ता मात्र होइन, काल पल्किने डर’ आमकर्मचारीमा देखिएको समेत वित्रप्तिमा उल्लेख छ ।

 

आगामी दिनमा समेत यस्ता प्रवृत्तिले निरन्तरता पाउने र उच्च व्यवस्थापन मुकदर्शक बन्दै जाने हो भने आम कर्मचारीहरुको बृहत्तर हितमा निरन्तर आवाज उठाइरहेको संघले पात्र, प्रवृत्तिको विरुद्धमा थप विरोध कार्यक्रम गर्ने समेत जनाएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १७:१० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...