back
NMB ad

आकर्षक अवसरसहित यस्ता छन् एनआईसी एशिया बैंकको ‘भ्यालेनटाइन डे’ विशेष योजना

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैंक’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअनुसार बैंकले लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईजीपी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ ।

जसअन्तर्गत डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत डिनरको लागि समावेश गरिने बैंकले जनाएको छ ।

योजना अवधिभर ५ सयभन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिने बैंकले जनाएको छ । साथै सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।

काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट हुनका लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैंकले जनाएको छ ।

४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैङ्कले थप आकर्षक उपहारको व्यवस्था पनि मिलाएको बताएको छ ।  त्यसैगरी, नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम सय जनालाई बैंकले सयको मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैङ्कको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश नगरिएको बैंकले जनाएको छ । यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार ०९:४३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...