काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ उकालो लागेको छ । आज छापावाला सुनको मूल्य एक हजार १ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ६० कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन ११ मंगलवार १०:५१ मा प्रकाशित