back
NMB ad

१० वर्षमा जीडीपी १४.०७ प्रतिशत बढ्दा कुन क्षेत्रमा कस्ता परिवर्तन ?

Kumari bank ad

पराजन के.सी.

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको छ ।

विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

विभागका अनुसार सन् २०१०।११ मा आधार वर्ष परिवर्तन गर्ने सन्दर्भमा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ । उक्त परिवर्तनले जीपीडीको आकार ३९ खर्व ४३ अब ६६ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरि मध्यवर्ति उपभोग र उत्पादनको अनुपात सन् २०००/०१ को आधार वर्ष अनुसार ३७.१ प्रतिशत रहेकोमा परिवर्तित आधारवर्ष अनुसार अनुपात ४१.८२ प्रतिशत रहेको छ ।

औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्याँसमा ४६.८ प्रतिशत, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुदका व्यापारमा २३.१ प्रतिशत सुधार देखिएको छ ।

आवाश तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा संचारमा २.६ प्रतिशत, वितीय तथा बीमा सम्बन्धी क्रियाकलापमा ३६.८ प्रतिशत, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको सुधार देखिएको छ । यस्तै मानव स्वास्थमा १.२ प्रतिशत र औधोगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरन्जन तथा अन्य कृियाकलापहरुमा ८५.८ प्रतिशतले कमि हुने देखिएको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ फागुन २० बिहीवार १२:४७ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...