back
NMB ad

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

Kumari bank ad

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यसरी बीमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोनेर्छ ।म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ ।

सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् । बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ ।

मागेको विवरण सबै भरेपछि तोकिएको शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ ।

साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने भएको छ।

वि.सं.२०७७ फागुन २६ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...