back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, चिन्ता बियरिस ट्रेन्डको

Kumari bank ad

काठमाडौं । उतार चढावका बाबजुद सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबारको सुरुदेखी नै बजारमा निकै उतारचढाव आएको थियो । जसले गर्दा बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

इन्डेक्समा आएको गिरावटसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ । जसले गर्दा अहिले लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो भन्ने चिन्ता पनि लगानीकर्ताको आंशका छ । पछिल्लो समय निरन्तर बजारमा गिरावट आउनु र कारोबार रकममा समेत धेरै नै गिरावट आउँदा लगानीकर्ता बजार बियरिस टे«न्डमा जान लागेको हो की भन्ने आंकलन पनि गर्न थालेका छन् ।

बजार मापन गर्ने सूचक १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा रोकिएको छ । २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा टे«डिङ, होटल एण्ड टुरिजम, उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ड समूहको उपसूचकमा सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा निफ्रा रहेको छ । नेफ्राको ४३ करोड ६२ लाख २१ हजार ८०९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै माथिल्लो तामाकोशी र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट लागेको छ । कमाउनेमा घलेम्दी हाईड्रो, पन्चकन्या माई, आँखुखोला जलविद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत २ सोमवार १५:२० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...