back
NMB ad

टिएमएस चलाउँदा निरन्तर आउने ४ समस्या, यसरी गर्नुहोस समाधान !

Kumari bank ad

काठमाडौं । दोस्रो बजारमा अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरुलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा विभिन्न समस्या आउने गरेको छ । त्यस्तो समयमा अधिकांश लगानीकर्ताको प्रश्न भने एकै खालको हुने गरेको छ ।

कतिपय समयमा टिएमएस चलाउनु भन्दा पहिला अर्थात सुरुवाती चरणमा पनि त्यस्ता खालका समस्या आएको खण्डका कसरी समाधान गर्ने भन्नेमा लगानीकर्ता अन्योलमा पर्ने गरेका छन् । लगानीकर्ताको त्यो अन्योलता कम गर्न भन्दै नेप्सेले केही सामग्री तयार पारेको छ ।

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?
• यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।
• यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]
२) TMS मा Registration गर्दा “Duplicate BOID” error आएमा के गर्ने ?
आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

• BOID / Demat Number
• Client Code
३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा “Duplicate Citizenship” error आएमा के गर्ने ?
आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

• BOID / Demat Number
• Client Code
• Correct Citizenship No
• Correct Citizenship Issue Place
• Correct Citizenship Issue Date (in AD)
४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?
• BOID / Demat Number
• Client Code
• Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]

क्र.स.

सम्बन्धीत विषयहरु

शाखा

एक्सटेनसन न.

इमेल ठेगाना

1

टिएमएस सपोर्ट(TMS Support)

118, 145

2

हेल्प डेस्क

0

3

ब्रोकरसंग सम्बन्धीत विषयहरु

सुपरिवेक्षण शाखा

108,142

[email protected]

4

संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धी कारोवार

कारोवार शाखा

107

5

सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु

सूचिकरण शाखा

136,137

[email protected]

6

अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि

अनुसन्धान शाखा

123

[email protected]

7

वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु

आई.टि शाखा

144,120,126,134,135

[email protected]

वि.सं.२०७७ चैत ४ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...