back
NMB ad

अब विर्तामोड र दमकमा क्लासिक टेकको फास्ट इन्टरनेट सेवा

Kumari bank ad

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३औंं आउटलेट प्रदेश नम्बर १ को झापाको प्रमुख बजारहरु बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा संचालनमा ल्याएको हो।

नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धनसुर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा दुवै नयाँ आउटलेट उद्घाटन गर्नुभएको थियो ।

संचालनमा आएको नयाँ आउट लेटबाट कम्पनीले पुर्वीभेगमा रहेका गाउँहरुमा आफ्नो नेट वर्कर सेवा विस्तार गर्ने योजना लिएको छ । जसको लागि आउटलेटबाट तिव्ररुपमा सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सर्पोमट, फाइबर स्टाफ, बिलिंग र मार्केकिटङका लागि राखिएको कम्पनीले जनाएको छ ।

क्लासिक टेकले यस अघि पनि बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुलाई इन्टरनेट उपलब्ध गराएको थियो । अब भने कम्पनी सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुनेछ ।

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीय बासीले समेत लिन सक्ने भएका छन् ।

नयाँ आउटलेटहरु संचालनमा आएसँगै नेपालको पूर्वीभेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घर नजिकबाटै कम्पनीको सेवा लिन सक्ने बताए ।

झापाको बिर्तामोड र दमक, नेपालको पूर्वक्षेत्रका प्रमुख शहरहरु हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् ।

अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिने छौं।“कम्पनीको इस्टरिजनका डेपुटी चिफ रिजनल अफिसर भुपालसिंह कार्कीले भन्नुभयो।

कम्पनीले धमाकेदार अफर अन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्नस किने सुबिधा रहेको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १६:५२ मा प्रकाशित

You can share this post!

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:५१

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:३०

काठमाडौँ, २८ वैशाख : बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख...

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...