back
NMB ad

बालाजु बाईपासमा १ करोडमा बन्नेभयो सूचना केन्द्र

Kumari bank ad

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालाजुमा करिब १ करोड लागतमा सूचना केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले केन्द्रको शिलान्यास गर्नुभएको छ ।

बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्नेछ । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

‘काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ, ’ सहरी विकास राज्यमन्त्री रामविर मानन्धरले भन्नुभयो, ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ ।’ कार्यक्रममाम उहाँले उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुने आश्वासान दिनुभयो ।

कार्यक्रममा महानगरका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । ‘सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सुचना उपलब्ध गराइने छ,’ उहाँले भन्नुभयो, ‘सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्रहुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइनेछ ।’

कार्यक्रममा वडा–१६ का अध्यक्ष मुकुन्द रिजालले सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको जानकारी गराउनु भयो । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धरले जानकारी दिनुभयो ।

वि.सं.२०७७ चैत १८ बुधवार १२:०५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...