back
NMB ad

अर्कैको नाममा सेयर भर्नेको बिगबिगी, दोहोरो डिम्याटले सिडिएससी तनाबमा

Kumari bank ad

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै दोहोरो डिम्याट खाता खोल्ने क्रम बढनुका साथै अर्को व्यक्तिको नाममा सेयर भर्ने क्रम पनि घटेको छैन् । जसले गर्दा सिडिएससीले विभिन्न खाले हैरानी व्यहोर्नु परेको छ ।

सिडिएससीका अनुसार अहिलेसम्म ३२ लाख ७२ हजार ७६४ जनाले डिम्याट खाता खोलेका छन् । उक्त डिम्याट खातामा ३० हजार ५ भन्दा बढी दोहोरिएका खाता छन् । एक व्यक्तिले दुई वटा डिपीबाट १÷१ वटा डिम्याट खाता खोल्न सक्छ । तर अहिले एकै व्यक्तिले ५ वटासम्म डिम्याट खाता खोलेको सिडिएससीको भनाई छ । यसलाई कम गर्न सिडिएससीले डिपीहरुलाई निर्देशन दिइरहेको छ ।

अहिले सिडिएससीमा एक व्यक्तिको नाममा अरुले नै डिम्याट खाता खोल्ने र आइपीओमा आवेदन दिने जस्ता उजुरी पनि दैनिक बढन थालेका छन् । अहिले दोहोरो डिम्याट बढी खुलेको, आफूलाई थानै नपाइ अरुले डिम्याट खाता खोलेर सेयर भरेको र त्यसलाई बन्द गर्नुपर्यो भने सिडिएससीमा आउने उजुरीको संख्या पनि बढेको छ ।

सिडिएससीका अनुसार अहिले कतिपय लगानीकर्ताले आफ्नो खाताको दुरुपयोग भयो, आफ्नो नामबाट अरुले नै आवेदन दिए, मैले आईपीओमा दिएको आवेदन रद्ध भयो भनेर उजुरी आउने क्रम पनि बढेको छ ।

‘कुनै व्यक्तिको नाममा रहेको पुरानो खाता वा कसैको नागरिकता लिएर खाता खालेको छ भने उसले खाता भएको वा नागरिकता लिएर खाता खोलेको व्यक्तिलाई थाहा नदिई सेयर भर्ने गरेको छ’ सिडिएससीका एक अधिकारीले भने ‘अहिले सेयरमा आवेदन दिँदा प्रायलाई पर्ने हुँदा एकै व्यक्तिको नाममा दुई वटा आवेदन पर्छ, यो हुँदा वास्तविक व्यक्ति आएर मेरो नाममा कसले आवेदन दिएको छ भनेर निवेदन दिने गरेको छ ।’

कतिपयले पहिला नै आफूले प्रयोग नगरेको खाता चलाउन दिने गरेको, कतिपयले आफुँसग पैसा छैन सेयर कारोबार गर्दिन भनेर साथीलाई चलाउन दिएको तर अहिले सबैलाई सेयर पर्न थालेपछि सम्बन्धित व्यक्तिले पनि सेयर भर्दा दोहोरो आवेद परेका कारण सिडिएससीमा निवेदन दिने क्रम बढेको छ ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्ण प्रसाद आचार्यले विनियमको पूर्ण कार्यान्वयन गर्नु र कसैलाई दोहोरो हुने गरी डिम्याट खाता नखोल्नु भनेर निर्देशन दिएको बताउनु भयो । उक्त निर्देशन दिएपनि त्यो क्रम नरोकिएको उहाँको तर्क छ ।

उहाँका अनुसार सिडिएससीले डिपीहरुलाई पटक पटक पत्राचार गरेर दोहोरो पर्ने गरी डिम्याट नखोल्नु भने पनि अहिले एकले अर्कोको नाममा डिम्याट खुल्ने क्रम बढेको उहाँको तर्क छ ।

डिपीहरुलाई दोहोरो डिम्याट खाता नखोल्न र खोलेमा कारबाहीको भागिदार बन्नुपर्ने चेतावनी समेत दिएको आचार्यले बताउनुभयो ।
‘मेरो यो डिम्याट नम्बरको खाता दुरुपयोग भयो, अन्यत्र कहाँ कसले खोलेको छ हेरिदिनु पर्यो भनेर आएको खण्डमा हामीलाई थाहा हुन्छ’ उहाँले भन्नुभयो ‘सम्बन्धित मान्छेले नै ५ वटा खोल्यो भने त्यसको घाटा उसैलाई नै हो ।

अरुले दुरुपयोग गरेको हो भने हामीलाई आवेदन दिएको खण्डमा कुन डिपीबाट खोलेको हो उसलाई पत्र लेखेर के भएको हो त्यसको जानकारी लिने र त्यस्तो समस्या समधान गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।

अहिले धमाधम आईपीओ आउन लागेकोले गर्दा आईपीओ भर्दा डिसक्वालिफाइड भनेर देखाएपछि बढी उजुरी आउने गरेको उहाँले बताउनु भयो । यस्तो देखिएपछि लगानीकर्ताले आफूले एक भन्दा बढी डिम्याट नखोलेपनि मेरो नाममा कसले आइपीओ भनेको छ भनेर उजुरी आएपछि कुन डिपीले खाता खोलेको छ भनेर पत्ता लगाएपछि किन र कसले खोलेको हो त्यसको जानकारी माग्ने र दोहोरो खाता घटाउने क्रम बढेको उहाँको भनाई छ । अहिले यस्ता उजुरी दैनिक आउने र दिनमा नै तीन चार वटासम्म पत्र लेख्नु परेको सिइओ आचार्यको गुनासो छ ।

वि.सं.२०७७ चैत १९ बिहीवार १८:२१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...