back
NMB ad

रुरु जलविद्युतको आइपिओमा लगानीकर्ताको आकर्षण, पहिलो दिन कतिले दिए आवेदन ?

Kumari bank ad

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको साधारण सेयर (आइपीओ) को बिक्री खुला भएको पहिलो दिन ४५ लाख ४२ हजार ५६० कित्ताको लागि ५४ करोड ५१ लाख ७२ हजार रुपैयाँको आवेदन परेको छ ।

आइपीओ निष्काशन भएको पहिलो दिन नै २ लाख ९३ हजार ९७६ वटा आवेदन परेको छ । कम्पनीको आइपीओ पहिलो दिन नै लगानीकर्ताको आकर्षणमा परेको छ ।

परियोजनाले एक सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेको छ ।

जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

आइपीओमा छिटोमा चैत्र २४ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ । यसमा न्यूनतम १० देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेनद दिन सकिने छ ।

वि.सं.२०७७ चैत २० शुक्रवार १७:२६ मा प्रकाशित

You can share this post!

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...