back
NMB ad

तीन वर्ष भित्र २ हजार किमी सडक बन्ने, प्रधामन्त्रीद्वारा रणनीतिक महत्वका सडकको शुभारम्भ

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकै दिन देशका १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक महत्वका सडक निर्माणको शुभारम्भ गर्नुभएको छ । आगामी तीन वर्ष भित्र सम्पन्न हुने यो योजना नेपालमा सडकसञ्जाल निर्माणको कोसेढुंगा हुनेछ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रमा तीन वर्ष भित्र सडक सञ्जाल पुर्याउने कार्य पुर्वाधार विकासको क्षेत्रकै महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । निर्धारित समय भित्रै निर्माण सम्पन्न हुने गरी कार्य गर्न पनि प्रधानमन्त्रीले सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।

योजना अन्तर्गत देशभर गरी कुल २ हजार २१० किलो मिटर सडक निर्माण हुनेछ । प्रधानमन्त्रीले एक सय ६५ वटै सडकहहरु गुणस्तरमा सम्झौता नगरी सम्पन्न गर्नुपर्ने बताउनुभयो । ‘यसको रेखदेख गरौं, काममा डिस्टर्ब नगरौ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि (२०७४ फागुनदेखि २०७७ फागुनसम्म)मा देशभर कालोपत्र र स्तरोन्नति गरी ३ हजार ५१२ किलोमिटर सडक निर्माण भएको जानकारी समेत दिनुभयो । उहाँका अनुसार ५ सय २८ वटा पुल (झोलुङ्गेबाहेक) निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्बाङले ३ वर्षमा तीन हजार ५ सय १२ किलोमिटर ६ लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । यस्तै ३ हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६ सय ८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

यसका लागि आर्थिक सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने, राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका सडक, उत्तर दक्षिण सडक सञ्जालसँग जोडिने, जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने सडक छानिएका छन् ।

वि.सं.२०७७ चैत २१ शनिवार १६:४४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...