back
NMB ad

चिया, पान पसल, शैलुन खोल्न वैदेशिक लगानी चाहिँदैन: प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ करोड भन्दा कम वैदेशिक लगानी नेपालमा आवश्यक नभएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभामा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा प्रम ओलीले विदेशी लगानी ल्याउने भन्दैमा चिया पसल, पान पसल, शैलुन खोल्नको लागि आवश्यक नभएको बताउनुभयो । ओलीले ५ करोड रुपैयाँ पनि लगानी गर्न नसक्ने लगानीकर्ता नेपालमा नचाहिने उहाँको भनाइ छ ।

नेपालमा कुनै पनि विदेशी लगानीकर्ता आउने हो भने कम्तीमा ५ करोड रुपैयाँ लगानी गर्नैपर्ने बताउनु भयो । ‘लगानी गर्न भनेर आउने, ५ करोड पनि खर्च गर्न नसक्ने पशुपतिमा आउने पर्यटन जस्तै हुन’ उहाँले भन्नुभयो ‘विदेशी लगानीकर्ता आउने हो भने इन्भेष्टर भएर आउने, टुष्टिर भएर होइन ।’ ५० हजार लिएर ५ दिनमा खर्च नगर्ने पशुपतिको पर्यटक जस्तै भएको र सबै सामान बोकर आउने अनी नेपालमा फोहोर गरेर नेपालकै खर्च बढाउने काम मात्र हुने गरेको धारणा राख्नुभयो ।

लगानी गर्न आउनेले शैलुन, चिया पसल, पान पसल लगानी गरेर नहुने, ५ करोड भन्दा कम लगानी गर्न आउँदा छाप्रो पनि नबन्ने उहाँको तर्क छ । ‘लगानी गर्न आउने भन्ने छ, अर्ब लगानी नगरे के काम’ उहाँले भन्नुभयो ‘चिया पसल खोल्न, शैलुन खोल्न आउने होइन, यस्ता लगानीकर्ता आएर अर्काे बन्चरे डाँडा खोज्न सकिँदैन ।’

नेपालमा लगानी गर्न आउँदा भरी पैसा भएको कार्ड लेर आउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्ने कम्तिमा ५ करोड भन्दा बढी र प्रविधि ल्याउन आग्रह गर्नुभयो । प्रम ओलीले नेपाल तिब्र रुपमा आर्थिक विकास गर्न खोजिरहेको बताउनुभयो । उहाँले व्यापार घाटा घटाउन खोजेको भन्दै यसलाई अझै सन्तुलनमा फर्काउन खोजेको धारणा राख्नुभयो ।

उहाँले अहिले मजदुर, रोजगारदाता, सरकारबीच कुनै समस्या नरहेको कारण वैदेशिक लगानी भित्र्याउने वातावरण प्रयाप्त भएको बताउनुभयो । केही समस्या छ भने सँगै बसेर समाधान गर्न र त्यसको लागि नीजि क्षेत्रलाई पनि आग्रह गर्नुभयो । यसको लागि उहाँले नियम, कानून, निर्देशिका परिवर्तन आवश्यक छ भने लेखेर दिन महासंघलाई आग्रह गर्नुभयो ।

प्रम ओलीले महासंघको राष्ट्रिय आर्थिक रुपान्तरण-२०३० पुस्तक ९भिजन पेपर० मा नै केही नीतिगत कुरा आएको भन्दै यसको लागि नीजि क्षेत्रले पनि काम गर्नु पर्ने र सरकारले पनि कुनै काम गर्नुपर्ने हो भने लेखेर दिन आग्रह गर्नुभयो ।
‘सरकारबाट चाहिएको के हो पिन प्वाईन्ट चाहियो, यो गरोस भनेर हुदैन’ उहाँले भन्नुभयो ‘सरकारले गर्नुपर्ने विषयमा यो गर्नुपर्यो भन्ने हैन गर्ने विषय पिन प्वाईन्टमा नै चाहियो ।’

‘भिजन पेपरमा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल’ लेखिएको रहेछ’ उहाँले प्रश्न गर्नुभयो ‘तपाइहरुले यो सम्मानित भन्ने शब्दमा किन अपमान बोध गरेको ?’ प्रम ओलीले नीजि क्षेत्रले रोजगारी बढाउने, आयात घटाउने काम तर्फ उन्मुख हुने हो भने सम्मानित भइन्छ, सम्मान योग्य व्यबहार सरकारले पनि आशा गरेको उहाँको भनाइ छ ।

प्रम ओलीले पुर्वाधारमा निर्माणमा आफू सन्तुष्ट भएको, यो तीन वर्षमा विमानस्थल, बाटो बनेको, हरेक निर्वाचन क्षेत्रमा १ रणनीतिक सडक बनाउने, सडक मार्ग चौडा गर्ने, स्तरोन्नती गर्ने, मेची–महाकाली सडक ४ देखि ६ लेनको सडक बनाउने काम भइरहेको बताउनुभयो । पहिला गाडीमा बस्दा हेलमेट लाउने पर्ने अवस्था भएपनि अहिले त्यो काम हुँदै गएको ओलीको भनाई छ ।

वि.सं.२०७७ चैत २८ शनिवार १६:३६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...