back
NMB ad

१० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने, थप २२ लाख रोजगारी सृजना गर्ने महासंघको भिजन पेपर (पूर्णपाठ)

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउने योजनासहित राष्ट्रिय आर्थिक रुपान्तरण-२०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ ।

महासंघले ५५ औं वार्षिक उत्सवको अवसरमा आगामी १० वर्षमा मुलुकको अर्थतन्त्र १ सय अर्ब डलर पुर्याउने अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्यसहितको भिजन पेपर सार्वजनिक गरेको हो । भिजन पेपरमा उल्लेख गरे अनुसार अघि बढनको लागि १५० अर्ब डलरभन्दा बढी लगानी आवश्यक पर्ने र त्यसको लागि निजी क्षेत्रबाट करिब १०८ अर्ब डलर रुपैयाँ लगानी गर्ने योजना समेत रहेको छ ।

यो अवधिमा देशको आर्थिक वृद्धि दोहोरो अंकमा हुने र त्यसको लागि सरकारी निकायले गर्नुपर्ने कामको लागि पनि सुझाव दिएको छ । महासंघले भिजन पेपरमा १०० वटा योजना कार्यान्वयन गर्ने र त्यसमा पनि ४० वटा योजना आगामी २ वर्षमा पुरा गर्ने लक्ष्य रहेको छ ।
यो लक्ष्य हासिल गर्नको लागि

सरकारलाई विभिन्न सुझाव दिएको छ । जसमा कानूनी जटिलताले देखिएको समस्या समाधान प्रमुख रहेको छ । भिजन पेपरमा ३३ वटा कानून संशोधन, पर्यटन क्षेत्रको पुनरुत्थान, डिजिटल इकोनोमी, वैदेशिक लगानी प्रवद्र्धन, पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण तथा व्यवसायीक,, इकर्भनेन्स, निर्यात प्रबद्र्धनात्मक रणनीतिक योजना, महिला तथा युवा उद्यमीलाई प्रबद्र्धन गर्ने विषय भिजन पेपरमा राखेर सरकारलाई यसमा देखिएको समस्या समाधान गर्न सुझाव दिइएको छ ।

भिजन पेपरको पूर्ण पाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोस

वि.सं.२०७७ चैत २९ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...