back
NMB ad

हल्लाको पछि नलागि सेयर बजारमा लगानी गर्न सेबोन अध्यक्ष ढुंगानाको सुझाव

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर लगानीकर्तालाई हल्लाको पछि नलागि सत्य तथ्य सूचनाको आधारमा सुझ बुझपूर्ण लगानी गर्न सुझाव दिनु भएको छ ।

उहाँलेले सबैलाइै पूँजी बजारमा उत्साहपूर्वक सहभागिताको लागि सुझाव दिनु भएको हो । समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा यस्तो बताउनु भएको हो ।

पूँजी बजारमा आवद्ध अपांगता भएका सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व रहेको उक्त समुहले आयोजना गरेको कार्यक्रममा उहाँले पूँजी बजार सबैको भएको भन्दै अहिलसम्म कुल जनसंख्याको करिब १० प्रतिशत सर्वसाधारण पूँजी बजारमा सहभागी भएको जानकारी गराउनु भयो । अपांगता भएका सर्वसाधारणको समेत सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले पूँजी बजारमार्फत् देशको आर्थिक विकासका लागि अपांगता भएका सर्वसाधारणको पूँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपांगमैत्री बनाउदै लैजान आवश्यक भएको बताउनुभयो ।

सरकारले समेत विकासका सबै मामिला र आर्थिक गतिविधिहरूमा सबै पक्षको समान सहभागिता र अवसरको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्दै आएकोमा पूँजी बजारमा समेत यस्तो सहभागिता रहेकोमा चासो एवं प्राथमिकता रहेको बताउनुभएको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १३:५० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...