back
NMB ad

आगलागी पीडित अधिकारीलाई वडा कार्यालयद्वारा २ लाख १४ हजार आर्थिक सहयोग

Kumari bank ad

दोलखा । आगलागीबाट पीडित बनेका कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ निवासी पर्वत अधिकारीलाई वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।

गत बैशाख १ गते आगलागी हुँदा घर तथा चौपाया पूर्ण रुपमा नष्ट भएपछि ९ नम्बर वडा कार्यालयको पहलमा आर्थिक संकलन गरेर अधिकारीलाई २ लाख १४ हजार १ सय ९१ रुपैयाँ हस्तान्तरण गरेको हो ।

आगलागी हुँदा २ वटा घर, २ वटा गाई, लत्ताकपडा तथा खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट ८० लाख रुपैयाँ बरारबको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।

कालिञ्चोक गाउँपालिका ९ नम्बर वडा कार्यालयले समिति बनाएर आर्थिक सहयोग संकलन गरेको थियो । साविकको १ देखि ९ नम्बर वडासम्म समिति सदस्यहरुले आर्थिक संकलन गरेका थिए । सोही संकलित रकम अधिकारीलाइ प्रदान गरिएको हो ।

९ नम्बर वडा अध्यक्ष रामप्रसाद मैनालीले सुन्द्रावतीवासी विपद्मा पर्दा सधैभरी पीडितकै पक्षमा वडा कार्यालय रहेको बताए । यस अघि पनि वडा कार्यालयले ९ नम्बर निवासी शंकर पकुवाललाई पनि ५० हजार रुपैयाँ सहयोग गरेको बताए ।

त्यसैगरी तराईबासी टोर्नाडो नामक हावाहुरीबाट पीडित बन्दा पनि कालिञ्चोक गाउँपालिका ९ नम्बर वडा कार्यालयले १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरेर पठाएको अध्यक्ष मैनालीले जानकारी दिए ।

‘आफ्ना नागरिक विपद् तथा अप्ठयारोमा पर्दा वडा कार्यालय सधै साथ दिन्छ,’ अध्यक्ष मैनालीले भने, ‘हामीले दिएको राहतले पीडितको घाउमा थोरै मात्रै मल्हम पट्टी लगाउँन सक्छ ।’

वि.सं.२०७८ वैशाख ७ मंगलवार १५:०० मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...